वर्षाका कारण रोकिएको फाइनल खेल आज हुँदै

बाइलाइन नेपाल
१९ बैशाख २०८०, मंगलवार ०८:१३

निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो । आज बिहान ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ।

फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । हिजो यूएईले २७।३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

टस हारेर ब्याटिङ गरेको यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ तथा मुहमद वसिमले ११ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*