हेटौंडा आइडलमा विहीबार ८ जनाको प्रस्तुती
हेटौंडा । हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा आज विहीबार दीपा स्याङ्तान बाहिरेकी छिन् ।
बुधबार ९ जना बीच भएको गायन प्रतिस्पर्धामा विहीबार स्याङ्तान आइडलबाट बाहिरेकी हुन् । निर्णायकको मुल्याकंन, एसएमएस भोटिङ र टिकट अर्धकट्टीबाट गरिएको भोटिङको आधारमा स्याङ्तान आइडलबाट बाहिरेकी हुन् ।
आज स्याङ्तान बाहिरे सँगै विहीबार ८ जनाले आफ्नो प्रस्तुती दिएका छन् । जसमा अनिता मोक्तान (१), प्रेमलाल बैठा (२), आवाज सुनार (३), सुस्मिता श्रेष्ठ (४), दीपेश श्रेष्ठ (५), राजेश दर्नाल(७), सुसन शाही ठकुरी (८), विजय लामा (९) रहेको आइडलका मुख्य निर्णायक विजय कार्कीले बताए ।
गायन पश्चात उनीहरुलाई भोट गर्न टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।
भोटिङ गर्न हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी नम्बर टाइप गरि ३१००३ माएसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने मुख्य निर्णायककार्कीले बताए ।
टिकट अर्धकट्टीबाट भोटिङ गर्न साँझ ६ बजे सम्मभोटिङ बक्समाभोट खसाल्नु पर्ने जनाइएको छ, भने एसएमएसबाट भने भोलीशुक्रबार विहान ११ बजे सम्मभोटिङ गर्न सकिने आयोजकले जनाएको छ ।

बाइलाइन नेपाल











