हेटौंडा उपमहानगरले एक हप्तासम्म स्थापना दिवस मनाउँने

बाइलाइन नेपाल
१५ माघ २०७९, आईतवार १९:१६

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ५४औं स्थापना दिवसको अवसर पारेर माघ २५ बाट सप्ताहव्यापी कार्यक्रम घोषणा गरेको छ ।

उपमहानगरपालिकाको १३ औं कार्यपालिका बैठकले स्थापना दिवस मनाउनका लागि गठन गरेको अतिरित्त mक्रियाकलाप समितिको बैठकले माघ २५ गते हेटौंडा–७ को नागस्वती खेल मैदानमा पुरुष÷महिला फुटबल, माघ–२६ गते हेटौंडा–४ हुप्राचौरमामहिला÷पुरुष भलिवल, माघ–२७गते महिलापुरुष डण्डि बियो, माघ २८ गते टोल बिकास सस्थानगर र वडा समन्वयसँग मियुजिकल चियर प्रतियोगिता गर्ने भएको छ ।

त्यस्तै दिवसकोअवसरमाउपमहानगरले सञ्चालनगर्दै आएको ‘सफा हेटौंडा अभियान’ अन्र्तगत हेटौंडा–१० बसपार्क क्षेत्रमा सरसफाई सहित माघ २९ गते रक्तदानकार्यक्रमको तयारी गरेकोसमितिका संयोजकतथा हेटौंडा–१५ काअध्यक्ष सुनिलमोक्तानले बताए ।

नगरको कार्यपालिका बैठकले स्थापनादिवसलाईभव्य रुपमामनाउनकालागिनगर प्रमुखमिनाकुमारी लामाको संयोजकत्वमामुल समारोह समिति गठन गरेको छ । समितिको सह–संयोजकमानगर उपप्रमुख राजेश बानियाँ र सदस्यहरुमा १९ वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु रहेको समितिका सदस्य सचिवमाप्रमुखप्रशासकियअधिकृत शिबराजचौलागाई रहेका छन् ।

मुल समारोह समितिले उपमहानगरको ५४ बर्षको इतिहासबारे जानकारी गराउनकालागिपालिकाकाप्रवक्तातथा हेटौंडा–१ काअध्यक्ष सबिन न्यौपाने संयोजक रहेको स्मारीकाप्रकाशन समिति, हेटौंडा–६ काअध्यक्षबिष्णुबहादुर दाहाल संयोजक रहेको सम्मानतथाशिष्टाचार समिति, प्रमुखप्रशासकियअधिकृत शिबराजचौलागाइ संयोजक रहेको नगर दिवस व्यवस्थापन समिति गठन गरेको छ ।

स्मारिका प्रकाशन समितिको सदस्यमाउपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, नगरप्रमुख सचिवालयका प्रमुख जगन्नाथ सापकोटा, नगरप्रमुखका प्रेस संयोजक राजन दाहाल र सुचनाप्रविधि अधिकृत भानुभक्त थपलिया रहेका छन् । सम्मानतथा शिष्टाचार समितिको सदस्यमा हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का, हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोइराला, कार्यपालिका सदस्य इश्वरी बिक, नगरसभा सदस्य रञ्जु लामा र सदस्य सचिबमा उपमहानगरका प्रशासन प्रमुख शान्ती बिक रहेका छन् ।

अतिरिक्त कृयाकलाप समितिको सदस्यमाकार्यपालिका सदस्य साधना श्रेष्ठ, नगरसभा सदस्य सविना बिडारी, सन्तुमाया पाख्रिन, इन्द्रप्रसाद रिजाल रहेको समितिको सदस्य सचिवमा बसन्तकुमार सिटौंला सदस्य सचिब रहेका छन् ।स्थापना दिवसको लागि गठिन नगर दिवस व्यवस्थापन समितिको सदस्यमा सबै महाशाखाप्रमुख, आर्थिक प्रशासन, कृषि, सुचना प्रविधि , फोहर मैला तथा व्यवस्थापन, समन्वय शाखाका प्रमुखहरु रनगर प्रहरी इन्चार्ज रहेका छन् ।

कार्यपालिका बैठकबाट स्थापना दिवस मनाउँनका लागि समिति गठन गरसकेपछि सबै समितिहरुले जिम्मेवारी पुर्वक कामलाई तिब्र गतिमा अघि बढाएका उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । उपमहानगरले तत्कालिननगर पञ्चायतको २०२६ फागुन १ गते बसेको बैठकलाई आधार मानि स्थापनादिवस मनाउने तायारी गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*