बागमती सरकारले पूर्णता पायो, मन्त्रीहरुले लिए सपथ
हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । सरकार गठन भएको १६ दिनम आज मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बुधबार थप आठ जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । जम्मकट्टेल पाँच दलका ७० जना सांसदको समर्थनमा २६ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले २६ पुसमा सत्ता साझेदार दल नेकपा एमालेका जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजनामन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए । त्यसयता सरकार विस्तार हुन सकेको थिएन ।
यसअघि मन्त्रालय संख्या घटाउन अध्ययनका लागि कार्यदल गठन भएकाले सरकार विस्तारमा ढिलाइ भएको थियो । कार्यदलले मंगलबार प्रतिवेदन बुझाएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मन्त्रालय संख्या ११ वटा बनाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि भागवण्डा टुंगो लगाइएको हो ।
बागमतीमा सरकारको नेतृत्व गरेको माओवादी र नेकपा एमालले चाररचारवटा मन्त्रालय र राप्रपाले तीनवटा मन्त्रालय लिएका छन् । बागमतीमा राज्यमन्त्री हुने छैनन् । मुख्यमन्त्री जम्मकट्टेलले राज्यमन्त्री नबनाउने घोषणा गरिसकेकाले ११ जना मन्त्रीहरूले प्रदेश सरकार हाँक्ने भएका हुन् ।
१) शालिकराम जम्कट्टेल– मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. जगन्नाथ थपलिया– मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
३. उद्धव थापा– मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय
४. गंगानारायण श्रेष्ठ– मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
५. कुमारी मुक्तान– मन्त्री, सामाजिक विकास मन्त्रालय
६. युवराज दुलाल– मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
७. केशवप्रसाद पोखरेल– मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
८. रामेश्वर श्रेष्ठ– मन्त्री, स्वास्थ्य मन्त्रालय
९. एकालाल श्रेष्ठ– मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
१० .डम्बर तामाङ– मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११. राजु विष्ट– मन्त्री, वन तथा वातावरण मन्त्रालय

बाइलाइन नेपाल











