बागमती प्रदेशमा को–को बन्दैछन् मन्त्री ? यस्तो छ भागबण्डा

बाइलाइन नेपाल
११ माघ २०७९, बुधबार १२:२८

हेटौंडा । बागमती प्रदेशमा आज नियुक्त हुने ८ जना मन्त्रीहरुको अन्तिम टुङ्गो लागेको छ । तीन दलको सहभागिता रहने यस प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ ।

एमालेले पाउने मन्त्रालयमा मकवानपुरका सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालय, ललितपुरका एमालेका सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एमालेका काठमाडौंका सांसद केशव पोख्रेलले प्रदेशको पशुपन्छि तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले युवराज दुलाललाई भौतिक मन्त्रालय, कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने भएको छ । यसैगरी माओवादी केन्द्रले आन्तरिक मामिला मन्त्रालयमा कसलाई पठाउने भन्नेमा छलफल गरिरहेको छ । स्रोतका अनुसार आन्तरिक मामिला मन्त्रीमा गंगानारायण श्रेष्ठलाई नियुक्त गर्ने तयारी छ ।

राप्रपाका उद्धव थापा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी लिने भएका छन् । राप्रपाले पाउने त्यसैगरी पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा पठाउने प्रदेशसभा सदस्यको नाम टुुगो लगाउने छलफलमै रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*