जेसीआई बसामाडीमा जनक भण्डारीको कार्यकाल सुरु
हेटौंडा । जेसीआई बसामाडीको वर्ष २०२३ का अध्यक्षमा जनक भण्डारीले आफ्नो कार्यकाल सुरु गरेका छन् । मंगलबार आयोजना गरिएको पदस्थापन कार्यक्रममा अध्यक्ष भण्डारीले पसपथग्रहण गर्दै कार्यकालको सुरुवात गरेका हुन् ।
२३ औं वार्षिक साधारणसभाले सर्वसम्मतरुपमा अध्यक्षमा भण्डारीलाई चयन गरेको थियो । साधारणसभाबाट जेसीआई बसामाडीको कार्यकारिणी उपाध्यक्षमा उद्धवराज कठायत र मनिष घिमिरे, उपाध्यक्षमा रमेश शर्मा, जेपी यादव, परमेश्वर पौडेल र बासुदेव तिमल्सिनालाई सर्वसम्मत चयन गरेको थियो ।

पदस्थापन समारोहपछि अध्यक्ष भण्डारीले आफ्नो कार्यकालका लागि महासचिवमा सुरज डंगोल, कोषाध्यक्ष अनिल भण्डारी, कानुनी सल्लाहकार गौतम केसीसहित विभिन्न पदमा सदस्यलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । कार्यक्रममा वर्ष २०२२ मा उत्कृष्ट कार्य गर्नेहरुलाई पुुरस्कृत समेत गरिएको थियो ।
जेसीआई बसामाडी वर्ष २०२२ का अध्यक्ष चिराग अग्रवालको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ (जेएन) थपलियाको प्रमुख आतिथ्य रहेको थियो । पदस्थापन समारोहमा जेसीआई बसामाडीका पूर्वअध्यक्षहरु, नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष, विभिन्न शाखाबाट अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

बाइलाइन नेपाल











