आजबाट हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडाको टिसिएन चौरमा हुने राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आजबाट सञ्चालन हुँदैछ ।
महोत्सवको उद्घाटन् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने कार्यक्रम रहेको छ । मेलामा ३ सय ३७ वटा स्टल रहने उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद गुप्ता अग्रवालले जानकारी दिए । । उनले महोत्सवका लागि सबै तयारी पुुरा भएको बताए । महोत्सव उद्घाटनका लागि संघको कार्यालयबाट झाकीसहित र्याली निकालिने छ ।
महोत्सवमा प्रदेशका तीन वटा मन्त्रालय र हेटौंडा उपमहानगरपालिकालेसहित विभिन्न निजी क्षेत्रका उद्योगहरुले पनि सहयोग गरेका छन् । महोत्सवमा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतकाको स्टलहरु रहेका छन् ।
१३ दिने मेलामा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने आयोजकको अनुमान रहेको छ । महोत्सवमा स्थनियय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने जानकारी दिइएको छ ।
महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रवद्र्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत रहेको छ ।

बाइलाइन नेपाल











