हेटौंडाको तासिरमा मुन्द्रे र साम्राज्ञीले गरे बबाल
हेटौंडा । हेटौंडा –७ नागस्वतीमा रहेको तासिर विद्यालयमा नेपाली चलचित्र ह्यारी कि प्यारीका कलाकार जितुु नेपाल (मुन्द्रे) र नायिक साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रस्तुुती दिएका छन् ।
चलचित्रका निर्माण तथा अभिनित राष्ट्रिय कलाकारको टिमसहित पुुगेको टोलीले बालबालिका, शिक्षक तथा अभिभावकसँग साङ्गितीक कार्यक्रमसहित रमाइलो गरेका हुुन् ।
विद्यालयको व्यवस्थापन समिति अध्यक्ष मिठ्ठेबहादुर कार्की, विद्यालयका प्रमुख सल्लाहकार दीलबहादुर शाही, विद्यालय निर्देशक राजन थापा र विद्यालयका प्रिन्सिपल बिनोद शर्मा थपलिया सहितको उपस्थितिमा सो कार्याक्रम भएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले राष्ट्रिय कलाकारहरुसङ्ग प्रत्यक्ष साक्षात्कार गर्न पाउनुका साथै सङ्गसङ्गै नृत्य गर्दै मनोरञ््जन लिएका थिए । विद्यार्थीहरुका इच्छा , लक्ष्य र चाहाना फरकफरक हुन्छन् , उनिहरुले आफ्नो इच्छा र लक्ष्य सङ्ग सम्बन्धित कलाकारलाई प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा आफ्नो लक्ष्यसम्म पुग्न उत्प्रेरित हुने भएकाले कलाकारसँग सात्क्षातकार गराएको विद्यालयका प्रन्सििपल थपलियाले बताए ।