मकवानपुरका दीपकबहादुर सिंह बने उर्जा राज्यमन्त्री

हेटौँडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ का सांसद दीपकबहादुर सिंह उर्जा राज्यमन्त्री बनेका छन् । राप्रपाले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएसँगै सिंह उर्जा राज्यमन्त्री बनेका हुन् ।
उनले उर्जा मन्त्रालयमा पदभार ग्रहण समेत गरेका छन् । राप्रपाबाट उपप्रधान सहित उर्जा मन्त्रीमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन बनेका छन् । सिंह अध्यक्षको मन्त्रालयको राज्यमन्त्री बनेका हुन् ।