क्रिकेटर सन्दीप लामिछाने धरौटीमा थुनामुक्त 

बाइलाइन नेपाल
२९ पुष २०७९, शुक्रबार १७:१०

बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। शुक्रबार दिउँसो केन्द्रीय कारागार सुन्धाराबाट उनी २० लाख रूपैयाँ धरौटी बुझाएर स-शर्त रिहा भएका हुन्।

जिल्ला अदालत काठमाडौंमा आवश्यक प्रक्रिया पुर्‍याएपछि उनी उनी थुनामुक्त भएर आफ्नै निजी सवारीमा घर गएको जेलर ईश्वरीप्रसाद पाण्डेले  जानकारी दिए।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई बिहिबार धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरूद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो।

उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिवद्धतासहित उनलाई शुक्रबार दिउँसो थुनामुक्त गरिएको हो। उनले अबको कानूनी प्रक्रिया बाहिरबाटै लड्नेछन्।

सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*