आजदेखि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट

बाइलाइन नेपाल
१३ कार्तिक २०७९, आईतवार ०७:४७

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आइतबारदेखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

क्यानका अनुसार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने प्रत्येक टिमले ५० हजार रुपैयाँ पाउने छन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र ब्याटरले २०–२० तथा इमर्जिङ खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ । प्रत्येक खेलका प्लेयर अफ दी म्याचले ५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने छ । प्रतियोगिताको पहिलो दिन आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । यस्तै, मुलपानीमा हुने खेलमा पुलिस र बागमती भिड्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*