नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट एक्सबीबी

बाइलाइन नेपाल
७ कार्तिक २०७९, सोमबार ०७:४४

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएका हो ।

साउन २१ गतेदेखि १४ असोजसम्म कोभिड– १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरूको छनोट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म यो भेरियन्ट विश्वका विभिन्न देशमा फैलिएको छ भने कोरोना संक्रमणको दर पनि बढ्नेक्रममा रहेको छ ।

दीपावली, छठजस्ता पर्वमा हुने भीडभाडले संक्रमण अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*