नेपालका केसी गिनिज वल्र्ड रेकर्डसबाट सम्मानित
हेटौंडा । नेपालका रमेशकुमार केसी गिनिज वल्र्ड रेकर्डसबाट सम्मनित भएका छन् । सर्लाही जिल्लाका ईश्वरपुर नगरपालिका स्थायी घर भएका केसीले क्यालिफोर्निया फिटनेस र योगले आयोजना गरेको सबैभन्दा धेरै मानिस सहभागी भएको लार्जेस्ट वेट लस प्रोग्राममा सहभागी भए बापत छनौट भइ अनलाईन गिनिज वल्र्ड रेकर्डसले सम्मान गरेको हो ।
साथै केसीले बिगतमा योगा कार्यक्रममा लगातार १८ घण्टा सम्भाषण गरेबापत कीर्तिमान कायम समेत गरेका छन् । ४० बर्षिय केसीले भियतनामको क्यालिफोर्निया फिटनेस एण्ड योगामा बिगत ५ बर्षदेखि योगा प्रशिक्षकको रुपमा कार्य गर्दै आएका छन् ।


बाइलाइन नेपाल











