आज सार्वजनिक बिदा

बाइलाइन नेपाल
१ कार्तिक २०७९, मंगलवार ०८:३४

सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*