आज उम्मेदवारविरुद्ध उजुरी, बुधबार अन्तिम नामावली

बाइलाइन नेपाल
२४ आश्विन २०७९, सोमबार ०८:१३

आगामी संसदीय निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा परेको उमेदवारीविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उमेदवारी दिएका व्यक्तिको विरोधमा उजुरी दिन सकिनेछ ।

आज उजुरी परेका उमेदवारहरुको उजुरीउपर छानविन तथा उमेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*