प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न एक दिनमात्र समय

बाइलाइन नेपाल
१८ आश्विन २०७९, मंगलवार १५:४५

निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न यही असोज २३ गते, आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

प्रवक्ता पौडेलले सामाजिक सञ्जालमा लेख्दै यसबारे जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन तर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*