माओवादी केन्द्रले हटायो महराको नाम समानुपातिक सूचीबाट

बाइलाइन नेपाल
१७ आश्विन २०७९, सोमबार १६:२३

नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले रातोपाटीसँग कुरा गर्दै महाराको नाम समानुपातिक सूचीबाट हटाएको जानकारी दिएका हुन् ।

यसअघि माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा महराको नाम खस आर्य क्लस्टरबाट १ नम्बरमा रहेको थियो । महराले नै आग्रह गरेपछि उनको नाम हटाइएको ढकालको भनाइ छ । महराको स्थानमा हितराज पाण्डेको नाम १ नम्बरमा राखिएको ढकालको भनाई छ ।

२०७४ सालको निर्वाचनमा महरा दाङ–२ बाट निर्वाचित भएका थिए । यसपटक प्रत्यक्षबाट उनको नाम दाङ र रोल्पाबाट सिफारिस भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*