मकवानपुरमा डेंगीको संक्रमण झन फैलदै, हेटौंडामा सबैभन्दा धेरै

बाइलाइन नेपाल
११ आश्विन २०७९, मंगलवार ०७:५६

हेटौंडा । मकवानपुरमा डेंगीको संक्रमण फैलने क्रम अझै जारी रहेको छ । स्थानीय सरकारहरुले यसको नियन्त्रणमा चासो नदिंदा मकवानपुरका ९ वटा स्थानीय तहमा डेंगीको संक्रमण फैलिसकेको छ । जसमध्ये हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।

मकवानपुरमा हालसम्म डेंगीबाट संक्रमितको संख्या २ हजार ४ सय १८ जना पुगेको छ । त्यसमध्ये हेटौंडाका मात्रै २ हजार १ सय ९६ जना छन् । स्वास्थ्य कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मण घिमिरेका अनुसार जिल्लामा डेंगी संक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

हालसम्म हेटौंडासहित मकवानपुरगढी थाहा, मनहरी, बकैया, वाग्मती, भीमफेदी, राक्सिराङ र कैलाशमा पनि संक्रमण फैलिइसकेको छ । ‘इन्द्रसरोवर गाउँपालिकामा भने अहिलेसम्म डेंगीबाट संक्रमित भएको घटना बाहिर आएको छैन् ।

संक्रमितको संख्या अत्यधिक रहेकाले हेटौंडाका सरकारी एवं निजी अस्पताल बिरामीले भरिभराउ छन् । हेटौंडा–४ र ५ मा सबैभन्दा धेरै जनामा डेंगी संक्रमण पुष्टि भएको छ । संक्रमण विस्तारलाई रोक्न उपमहानगरले १९ वटै वडामा जनचेतना अभियान, लामखुट्टेको लार्भा नष्ट गर्ने, सरसफाइको कार्य गरिरहेको उपमहानगर प्रमुख मीना लामाको दाबी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*