हृदय रोग प्रतिष्ठान मकवानपुरले मुटुु दिवस मनाउँदैं

बाइलाइन नेपाल
७ आश्विन २०७९, शुक्रबार १९:३४

हेटौंडा । नेपाल हृदय रोग प्रतिष्ठान मकवानपुरले विश्व मुटुु दिवसको विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउन सुरु गरेको छ । प्रतिष्ठानले मुटुु दिवसको अवसरमा आज शुक्रबार हेटौंडा–१० मा रहेको ज्ञानदा माविको वरपर डेगुुको लार्भा नष्ट गर्न किटनाशक औषधि छर्केको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा डेंगुको लार्भा नष्ट गर्न विद्यालय परिसरमा औषधि छर्केको नेपाल हृदय रोग प्रतिष्ठान मकवानपुरका सभापति हरिवंश भेटवालले जानकारी दिए । यस्तै मुटुु दिवसको अवसरमा प्रतिष्ठानले अन्य सामुदायिक विद्यालय र सार्वजनिक स्थलमा औषधि छर्कने कार्यक्रम रहेको उनले जानकारी दिए ।

यसैगरी साहित्य सङ्गम मकवानपुर र नेपाल हृदय रोग प्रतिष्ठान मकवानपुरको प्रायोजनमा शनिबार मुटुसँग सम्वन्धित निबन्ध प्रतियागिता आयोजना गरिएको छ । सङ्गमले ३२३ औं नियमित साहित्य सन्ध्यामा निवन्ध प्रतियोगिता र दशैको शुुभकामना कार्यक्रमको आयोजना गरिएको संस्थाकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।

यस्तै, प्रतिष्ठानले असोज १३ गते भुटनदेवी मन्दिर परिसरमा स्वास्थ्य शिविर आयोजना गरिने छ । स्वास्थ्य शिविरमा चिकित्सकद्वारा निःशुल्क मुटुु परीक्षण, ईसिजी, सुगर र ब्लड प्रेसको परीक्षण तथा निःशुल्क औषधि वितरण कार्यक्रम रहेको सभापति भेटवालले बताए । स्वास्थ्य परीक्षण बिहान ७ बजेबाट हुने जनाइएको छ ।

स्वास्थ्य शिविर हुनुु अगाडि हेटौंडा बजार क्षेत्रमा मुटुु बचाउँ भन्ने सन्देशसहित ¥यालीको आयोजना गरिएको सभापति भेटवालले जानकारी दिए । उनले सर्वसाधारणलाई स्वास्थ्य शिविरमा सहभागी भएर निःशुुल्क सेवा लिनका लागि आग्रह गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*