हेटौंडा अटोमोवाईल्स डेंगी नियन्त्रणमा, अस्पताललाई किट हस्तान्तरण
हेटौंडा । हेटौंडा अटोमोबाइल्स एशोसिएसन र नाडा अटोमोबाईल्स एशोसियसन अफ नेपालले हेटौंडामा फैलिएको डेंगी नियन्त्रणका लागि सक्रिय भएको छ ।
एशोसियसनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत तीन दिने अभियान अन्तरगत लामखुट्टे प्रभावित क्षेत्रमा लामखुट्टे नासक बिषाधीको स्प्रे सहितको सचेतना कार्यक्रम, रक्तदान कार्यक्रम र हेटौंडा अस्पताललाई १०० थान डेंगी परीक्षण कीट हस्तान्तरण गरेको छ ।
कार्यक्रम अन्तरगत बुधबार र बिहीबार हेटौंडा उपमहानगरपालिकासंगको सहकार्यमा लामखुट्टे प्रभावित क्षेत्रमा लामखुट्टे नासक बिषाधीको स्प्रे सहितको सचेतना कार्यक्रम गरिएको थियो ।
शुक्रबार बिहान हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानिँयाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथि बानिँयाले डेंगी रोग नियन्त्रणका लागि अटोमोबाइल्स एसोसियसनको सक्रियताको प्रशंसा गर्नुभयो । उहाँले उपमहानगरपालिका डेंगी रोग नियन्त्रणका लागि तयार रहेको बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सापकोटाले अस्पताललाई डेंगी परीक्षण किट हस्तान्तरण गरेकोमा अटोमोवाईल्स एशोसियसनलाई धन्यवाद दिए ।
एशोसियसन मकवानपुर अध्यक्ष दामोदरप्रसाद अटलको अध्यक्षतामा भएका कार्यक्रमहरुमा पूर्वअध्यक्ष सुरेश श्रेष्ठ, निवर्तमन अध्यक्ष सागर सापकोटा, नाडा अटोमोबाईल्स एशोसियसन अफ नेपालको बागमती प्रदेश संयोजक सुदेश कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष ऋषि कुमार ढकाल, उपाध्यक्ष धर्म धिमाल, महासचिव दीपेन्द्र कुमार उप्रेती सचिव जितेन्द्र तिवारी र कोषाध्यक्ष गोपिराम बन्जारा लगायत सदस्यहरुको उपस्थिति थियो ।
त्यस्तै शुक्रबार दिउँसो हेटौंडा अटोमोवाईल्स एशोसियसनले हेटौंडा अस्पताललाई १ सय थान डेंगी परीक्षण किट हस्तान्तरण गरिएको छ । एशोसियसनले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटालाई डेंगी परीक्षण किट हस्तान्तरण गरेको हो ।

राजकुमार केसी











