प्रतिनिधिसभाको कार्यकाल आज रातिदेखि सकिँदै

चालु प्रतिनिधि सभाको कार्यकाल शनिबार राति १२ बजेबाट सकिँदै छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको छ।
मंसिर ४ गते हुने निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर संसद अन्त्य गर्न लागिएको हो ।
यसैबीच अन्तिम संसद् बैठक दिँउसो एक बजे बोलाइएको छ । सांसदहरुलाई आजै सभामुखले बिदाइ गर्ने कार्यक्रम छ ।