माओवादी मकवानपुरद्वारा प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस

बाइलाइन नेपाल
२१ भाद्र २०७९, मंगलवार १७:३०

हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेदवारहरु चयनको लागि पार्टी बागमती प्रदेश कमिटीलाई सिफारिस गरेकोछ ।

जिल्ला पार्टी कार्यालय हेटौडामा बसेको बैठकले मकवानपुरको प्रतिनिधि सभा प्रत्यक्ष तर्फ दुई निर्वाचन क्षेत्रमा ४ जना र प्रदेश सभा अन्तरगत ४ वटा निर्वाचन क्षेत्रमा १० जनाको नाम प्रदेश कमिटिलाई सिफारिश गरिएको हो ।

बैठकले मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को लागि प्रत्यक्ष तर्फ संविधान सभा सदस्य प्रल्हाद लामिछाने र जीवन गोलेलाई सिफारिस गरेको छ ।

क्षेत्र नं. २ का लागि पार्टीको पोलिटब्युरो सदस्य समेत रहेकी मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान र केन्द्रीय सदस्य रामनारायण बिडारीलाई सिफारिस गरेको छ ।

त्यस्तै, बैठकले प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को (क) र (ख) का लागि ५ जनाको नाम सिफारिस गरेको छ । १ को (क) मा पार्टी केन्द्रीय सदस्य विजय गौतम, बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी र जिल्ला समन्वय समिति मकवानपुरका सचिव भीमबहादुर पाख्रिनको नाम सिफारिस भएको छ भने १ को (ख) का लागि हेटौँडा उपमहानगर पार्टी अध्यक्ष तीर्थबहादुर थापा मगर र ज्ञानेन्द्र लामिछानेको नाम सिफारिस भएको छ ।

यसैगरि बैठकले प्रदेश सभा तर्फ नै क्षेत्र नम्बर २ को (क) र (ख) मा ५ जनाको नाम सिफारिस गरेको छ । २ को (क) को लागि पार्टीका पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तान, बिशेष प्रदेश कमिटी उपाध्यक्ष प्रकाशचन्द्र पाण्डे र बागमती प्रदेश कमिटी सदस्य लवशेर बिष्टको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ को (ख) का लागि प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान, पार्टी मनहरी गाउँपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको नाम सिफारिस गरिएको पार्टी जिल्ला समन्वय समिति सचिव पाख्रिनले जानकारी दिए ।

बैठकले प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वारका लागि ठूूलीमाया मोक्तान, प्रमिला लामा पुलामी, रञ्जना श्रेष्ठ, सन्तोषकुमार लामा, चन्द्र बहादुर लामा, फलमाया सिन्तान, रामहरि सुवेदी, लालसिं गुरुङको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभाको समानुपातिक उम्मेद्वारका लागि जीवन पहरी, बच्चु खड्का गोले, बिरबहादुर राई, लक्ष्मी पाख्रिन, लक्ष्मी माझी, कृष्णप्रसाद सुवेदी, पुनम भट्टराई, भगीरथ नेपाल, लिलाकुमार घलान, शेख जाहगिर, अप्सरा लोप्चन, ज्योति रायमाझी, बिर्जु पदम लामा, रञ्जित राना, आनन्द घलान, खुसीलाल चेपाङ, ईश्वरी सुनुवार, दील बहादुर स्याङ्बो, पूर्णिमा दोङ, बिश्वराज थिङलाई सिफारिस गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*