प्रतिनिधि सभाका लागि माओवादी मकवानपुरले छान्यो पाँच जनालाई
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेद्वारहरु चयनको लागि प्रदेश कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबार जिल्ला पार्टी कार्यालय हेटौँडामा मंगलबार बसेको बैठकले मकवानपुरको संघीय निर्वाचन क्षेत्र नं. १ को लागि प्रत्यक्ष तर्फ संबिधान सभा सदस्य प्रल्हाद लामिछाने, जीवन गोले, बसन्त लामालाई सिफारिस गरेको छ ।
क्षेत्र नं. २ को लागि पार्टीका पोलिटब्युरो सदस्य कुमारी मोक्तान र राष्ट्रिय सभाका पूर्व सदस्य रामनारायण बिडारी र लाई सिफारिस गरेको छ ।
प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेद्वारहरु चयनको लागि छलफल भइरहेको जिल्ला समन्वय समितिका सचिव भीम पाख्रिनले जानकारी दिए ।

राजकुमार केसी











