सिटिनेटको राष्ट्रिय बैठक हेटौंडामा

बाइलाइन नेपाल
२० भाद्र २०७९, सोमबार ०७:५०

हेटौंडा । देशका १६ नगरपालिका र ६ वटा सस्था सम्मिलित सिटिनेट नेपालको राष्ट्रिय बैठक हेटौंडामा भएको छ । हेटौंडामा बैठक आयोजना गरेसँगै हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामा सस्थाको असोजको पहिलो साताहुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागिहुने भएकी छिन् । असोजको पहिलो साता मेलेसियाको राजधानीमा सिटिनेटको निर्वाचनसँगै नेतृत्व परिवर्तन हुने कार्यतालिका रहेको बताइएको छ ।

क्रियाशिल रहेको मानव बस्ति व्यवस्थापनको लागि स्थानिय निकायहरुको क्षेत्रीय सञ्जाल र एशिया प्रान्तमा दिगो विकासको लागि प्रतिवद्ध शहरी सरोकारवालाको सबै भन्दा ठुलो सस्थाको आउँदो असोजको पहिलो साताहुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन पुर्व स्थानियतहका प्रमुख तथा प्रतिनिधिहरुको बैठक हेटौंडामा भएको हो ।

दुईदिन सञ्चालनभएको बैठकमा ४ महानगर, ३ उपमहानगर र ४ नगरपालिकाका प्रमुखहरु सहितप्रतिनिधि सहभागी थिए । सिटिनेटको नेपाल क्षेत्रको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको बैठकले सस्थालाई नेपालमा कृयाशिल बनाउँन सदस्यता बढाउँने सहित बिधानलाई समयानुकुल परिस्कृत गर्नका लागि तानसेन नगरपालिकालाई जिम्मेवारी दिएको छ ।

सस्थाको सचिव समेत रहेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठको नेतृत्वमा असोजमा मलेसियामा हुने अन्तराष्ट्रिय सम्मेलन पश्चातकार्य अघि बढाउँने र अर्को बैठक धनगढी नगरपालिकामा आयोजना हुने निर्णय गरेको छ । बैठकमा प्रमुख अतिथि रहेका ललितपुर महानगरपालिकाका प्रमुख तथा सिटिनेटका कार्यकारी सदस्य चिरबाबु महर्जन चुनावी प्रतिष्पर्धामा उत्रने घोषणा गरेका छन् । सिटिनेट सम्मेलनमा सहभागी हुनपुर्व ललितपुरले निर्वाचन प्रकृयामा सहभागी हुन उम्मेदवारी दर्ता गरिसकेको मेयर महर्जनले जानकारी दिए ।

१२ बर्ष अघिबाटै नेपाल क्षेत्रको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको बैठकमा सस्थाको बारेमा नवनिर्वाचित बनेका बिभिन्न स्थानिय तहमा प्रमुखलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा स्थानीयतहले गरेको काम र हासिल गरेको असल अभ्यास बारे प्रस्तुतिकरण गर्दै सकारात्मक सन्देश आदानप्रदानगरिएको थियो ।कार्यक्रममासिटिनेटले नगर तथा सदस्य संघसंस्थाहरु बिच सम्बन्ध स्थापितगर्दै ज्ञानको आदानप्रदानगर्ने र दिगो तथा सुरक्षितशहरहरु विकास गर्न प्रतिबद्धतागर्ने गर्दछ ।

सस्थाले क्षमता अभिवृद्धि, शहरहरु बिचको सहकार्य र परियोजनाहरुको माध्यमबाट सदस्यहरुलाई जलवायु परिवर्तन, प्रकोप, दिगो बिकासको लक्ष्यहरु र बढ्दो पूर्वाधारहरु सम्बन्धिकार्यमा सहयोग पु¥याउने बताइएको छ ।१९८७ मा स्थापना भएको शहरहरुको संजालले १३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजीकम्पनीहरु र अनुसन्धान केन्द्रहरु सदस्य रहेको बैठकको सहजकर्ता नेपाल राष्ट्रिय अध्यायभूकम्प प्रविधि समाज नेपालले जनाएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, बिरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, भिमदत्त नगरपालिकाका प्रमुख पदमबोगटीलगायत ६ वटा बिभिन्न बिषयगत सस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*