कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक

बाइलाइन नेपाल
१९ भाद्र २०७९, आईतवार ०७:५६

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ।

बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।

त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूहले परीक्षा दिने नियमहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क ६०० बुझाउनु पर्नेछ। उक्त अवधिमा शुल्क बुझाउन नभ्याएका विद्यार्थीले १४ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षा शुल्क बुझाउनुपर्नेछ। त्यसपछि असोज २५ गतेभित्र कार्यालय समयमा आफूले जम्मा गरेको शुल्कको भौचरसहित आवेदन फारम बुझाउनुपर्नेछ।

कक्षा १२ को वार्षिक परीक्षामा निममित परीक्षार्थीको रूपमा परीक्षामा सहभागी भइ सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिको ग्रेड प्राप्त गरी बाँकी दुई विषमा एनजी प्राप्त गर्न वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरुका लागि दुई विषयसम्म ग्रेड वृद्धि परीक्षामा सहभाी हुन पाउनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*