कमल थापा मकवानपुर १ बाट सिफारिस

बाइलाइन नेपाल
१९ भाद्र २०७९, आईतवार ०७:४९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने भएको छ ।

राप्रपा मकवानपुरको शनिबार हेटौंडामा बसेको बैठकले थापालाई उनको गृहक्षेत्र मकवानपुर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनाउन एकल नाम सिफारिस गरिएको अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । पूर्वउपप्रधानमन्त्री रहेका थापा गत निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको तर्फबाटै यसै क्षेत्रबाट उम्मेदवार बनेका थिए । उनी नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए ।

थापा यसपटक एमालेसँग सहकार्य गरेर उम्मेदवार बन्ने कोसिस गरिरहेका छन् । एमालेसँग सहकार्यका निमित्त उनले स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गर्न अपिलसमेत गरेका थिए ।

राप्रपाले स्थानीय तह निर्वाचनमा मकवानपुरमा उम्मेदवारी नै दिएन । सबै वडा तथा प्रमुख वा उपप्रमुखमा एमालेलाई सहयोग गर्न थापाले अपिल गरेका थिए । मकवानपुर २ नम्बर संघीय क्षेत्र तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकबाट नाम सिफारिस हुने राप्रपाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*