एमाले मकवानपुरद्वारा उम्मेदवार सिफारिस
नेकपा एमाले मकवानपुरले प्रतिनिधिसभा र प्रदेशसभाको सम्भावित उम्मेदवारको नाम टुंगो लगाएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले मकवानपुर १ को लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
एमालेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा क्षेत्र १ का लागि सम्भावित उम्मेदवारको रुपमा रामेश्वर राना, कृष्णप्रसाद दाहाल, मदनकुमार दाहाल, नरहरि महत र रमिला सापकोटाको नाम सिफारिस गरेको छ । कृष्ण दाहाल हालका प्रतिनिधिसभा सदस्य हुन् । उनी यस क्षेत्रबाट चार पटक सांसद निर्वाचित भइसकेका छन् ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र २ का लागि ३ जनाको नाम सिफारिस गरेको छ । बैठकले महेशकुमार बर्तौला, सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । ठकुरी संविधानसभा सदस्य हुन् ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ नम्बर क्षेत्रको प्रदेशसभा ‘क’का लागि अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ, कृष्णप्रसाद चौलागाईं, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने, सीता विष्ट प्रदेशसभा ‘ख’बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाईं, आरती पाठक, कुमार केसीको नाम सिफारिस गरेको छ ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’का लागि बलराम बल, विष्णु ढकाल र चमेलीमायाा वाइबा र प्रदेशसभा ‘ख’बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्को नाम सिफारिस गरिएको छ ।
एमाले जिल्ला सचिव नवीन सिग्देलका अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेको सिफारिस भदौ १९ गते बस्ने जिल्ला सचिवालय र भदौ २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझावसहित केन्द्रीय र प्रदेश कमिटीमार्फत केन्द्रीय कमिटीमा पठाइनेछ ।

बाइलाइन नेपाल











