मकवानपुरमा अति भारी वर्षा,सर्तक रहन आग्रह

बाइलाइन नेपाल
१९ भाद्र २०७९, आईतवार ०७:११

देशका केही स्थानमा गए राति भारी वर्षा मापन गरिएको छ । मकवानपुरमा अति भारी वर्षा समेत मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मकवानपुरका राप्ती, कर्रा खोला, सामरी। खोला, बकैया खोलालगायत आसपासका साना खोलामा आकस्मिक बहाव हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ । मकवानपुरमा अहिले पनि हल्का वर्षा भइरहेको छ ।

सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र आसपासका केही स्थानमा भारी वर्षा मापन गरिएको छ । मरिन खोला, रिउ खोलालगायत उक्त जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*