मकवानपुरको चुनावी कमाण्डरमा कुमारी मोक्तान र विजय गौतम
नेकपा (माओवादी केन्द्र) ले दुई महिना चुनावी मैदानमा खटिने गरी वागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार वागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको बैठकले सबै केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिएको हो ।
मकवानपुरको चुनावी कमाण्डरमा केन्द्रीय सदस्यद्वय कुमारी मोक्तान र विजय गौतमलाई जिम्मेवारी दिइएको छ । प्रतिनिधिसभा तर्फ दुुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर एकमा – विजय गौतम र दुुईमा कुमारी मोक्तानलाई चुनावी कमाण्डर तोकिएको छ ।
वागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र चितवन–३ को कमाण्डर रेणु दाहाललाई दिइएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकाकी प्रमुखसमेत रहेकी दाहाल नेकपा ९माओवादी केन्द्र० चितवनकी इन्चार्जसमेत रहेकी छन् ।
कुन क्षेत्रका चुनावी कमाण्डर को ?
काठमाडौं १– अनिल शर्मा
काठमाडौं २– मा कुमार पौडेल
काठमाडौं ३– मा बद्री बजगाईं
काठमाडौं ४–गोविन्द बटाला
काठमाडौं ५– कल्पना शर्मा
काठमाडौं ६– हिमाल शर्मा
काठमाडौं ७– रामबाबु फुयाँल
काठमाडौं ८– सरिता श्रेष्ठ
काठमाडौं ९– शंकर दुलाल
काठमाडौं १०– अञ्जना विशंखे
ललितपुर १–गंगा पराजुली
ललितपुर २–उर्मिला लामा
ललितपुर ३–हरि दाहाल, पद्मा राई
भक्तपुर १– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
भक्तपुर २–दिलीप प्रजापती
चितवन १– कञ्चन खनाल
चितवन २–घनश्याम दाहाल
चितवन ३–रेणु दाहाल
मकवानपुर १– विजय गौतम
मकवानपुर २–कुमारी मोक्तान
नुवाकोट १–हितबहादुर तामाङ
नुवाकोट २–विमला सुवेदी
काभ्रेपलाञ्चोक सूर्यमान दोङ र रुकु चौलागाई,
सिन्धुपाल्चोक माधव सापकोटा र शरद दुलाल
धादिङ शालिकराम जम्कट्टेल
दोलखा देवी खड्का
रामेछाप श्यामकुमार श्रेष्ठ
सिन्धुली दीर्घराज श्रेष्ठ र वसन्त माझी

बाइलाइन नेपाल











