पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्नसक्ने

एजेन्सी
५ भाद्र २०७९, आईतवार ०६:५५

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्नसक्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अवैध लगानीको जाँच गरिरहेको एफआईएले खानलाई गिरफ्तार गर्न सक्ने संकेत गरेको छ ।

एफआईएले खानविरुद्ध बलियो प्रमाण फेला पारेको जनाइएको छ । खानले विदेशका ५ कम्पनीमा लगानी गरेका छन् । एफआईएले बोलाए पनि खान जाँचमा सहभागी भएका छैनन् । खानलाई सम्पर्कमा आउन एफआईएले नोटिस जारी गरिसकेको थियो ।

खानले अमेरिका, अस्ट्रेलिया, क्यानडा, ब्रिटेन र बेल्जियमका विभिन्न कम्पनीमा अवैध लगानी गरेको एफआईएले जनाएको छ । तर जाँच एजेन्सीले कम्पनीको नाम भने खुलाएको छैन ।

खानविरुद्ध २ पटक नोटिस जारी भइसकेको छ । अब तेस्रोपल्ट नोटिस जारी गर्दा पनि खान सम्पर्कमा नआए उनलाई पक्राउ गर्न सकिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*