बसामाडी जेसीजले साताव्यापी कार्यक्रम गर्ने
हेटौंडा । मकवानपुरमा क्रियाशिल रहेको जेसीआई बसामाडीले साताव्यापी कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने जनाएको छ ।
बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जेसीआई बसामाडीले साताव्यापी कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने जनाएको हो । जेसीआई बसामाडीले जेसीज सप्ताह–२०२२ साउन ८ देखि १४ गतेसम्म मनाउने भएको छ ।
जेसीज सप्ताह अन्र्तगत साउन ८ गते सप्ताहव्यापी कार्यक्रमको उद्घाटन तथा मन्दिरलाई सहयोग र दीप प्रज्वलन रहेको छ । जसको संयोजक जेसी रमेश शर्मा रहेका छन् । साउन ९ गते हाम्रो घरमा जेसीजको सहयोगी हात कार्यक्रम गरेर खाद्यान्न सहयोग गर्ने कार्यक्रम रहेको छ । जसको संयोजक जेसी निरज अर्याल रहेका छन् ।
यस्तै, साउन १० गते अन्तर जेसीज फुटबल आयोजना गरिएको छ । जसको संयोजक जेसी ध्रुव गौतम रहेका छन् । साउन ११ गते आशा स्कुलमा जेसीज युवा कार्यक्रम अन्र्तगत खाद्यान्न र स्टेशनरी सहयोग गरिने छ । जसको संयोजक जेसी प्रमेश्वर पौडेल रहेका छन् ।
यसैगरी, जेसीज सप्ताह अन्र्तगत साउन १२ गते बालबालिका सँग जेसीज युवा अन्र्तगत भीमफेदीको बाल मन्दिरमा कार्यक्रम रहेको छ । जसको संयोजक जेसी अनिल बस्याल रहेका छन् । साउन १३ गते लागूऔषध दूव्र्यसन विरुद्ध सचेतना कार्यक्रम र होर्डिङ बोड राख्ने कार्यक्रम रहेको छ । जसको संयोजक जेसी विप्लव लम्साल रहेका छन् ।

जेसीज सप्ताह अन्र्तगत समापन तथा पुरस्कार वितरण कार्यक्रम साउन १४ गते रहेको छ । समापन कार्यक्रमको संयोजक जेसी बासुदेव तिमल्सिना रहेका छन् ।
साताव्यापी कार्यक्रमको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन कार्यक्रम जेसीआई बसामाडीका वर्ष २०२२ का अध्यक्ष चिराग अग्रवालको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जेसीआई बसामाडीका कार्यकारी उपाध्यक्ष सुरज डंगोल, उपाध्यक्ष मनिष घिमिरे, महासचिव जनक शर्मा भण्डारी, जेसीआई बसामाडीका पूर्व अध्यक्ष, सदस्य तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

बाइलाइन नेपाल











