आज प्रधानमन्त्री देउवा हेटौंडा आउँदै

बाइलाइन नेपाल
६ श्रावण २०७९, शुक्रबार ०८:०५

हेटौंडा । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसन आज हेटौंडामा हुँदैछ । महाधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हेटौंडा आउने जनाइएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार र शनिबार हुने राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको स्थानीय समन्वय समितिका संयोजक एंव केन्द्रीय सदस्य राममणि दाहालले बताए ।

महाधिवेसनमा संघीय संरचना अनुरुप विधान संसोधन सहित निर्वाचन कार्यक्रम समेत रहेको छ । देशभरबाट एक हजार छ सयभन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहने युनियनले जनाएको छ । उनिहरुलाई खाना र आवासको व्यवस्थापन गरिएको दाहालले बताए ।

निर्वाचन कार्यक्रम समेत रहेकाले आज शुक्रबार उदघाटन सत्र र शनिबार निर्वाचन कार्यक्रम गरिने जनाइएको छ ।

शुक्रबार बिहान उद्योग वाणिज्य संघ अगाडिबाट प्रभातफेरि गरिदैं कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा महाधिवेसन कार्यक्रम हुने प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*