थाहा नगरको जनकल्याण माविले शैक्षिक मेला गर्ने

राजकुमार केसी
२७ असार २०७९, सोमबार १८:२६

थाहा । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको जनकल्याण माविले प्रथम जनकल्याण शैक्षिक मेला–२०७९ आयोजना गर्ने भएको छ ।

जनकल्याण माविको ब्यवस्थापनमा थाहा नगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्य सहित शैक्षिक मेला आयोजना गर्न लागेको विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताए ।

थाहा नगरमा रहेका विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि र सञ्चारकर्मी बीच भएको अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक कार्कीले नगर भित्रका विद्यालयहरु बीच शैक्षिक गुणस्तर मापन, विद्यार्थीहरुको क्षमता विकास र शैक्षिक ज्ञान आदानप्रदान गर्नका लागि शैक्षिक मेला फलदायी हुने बताए।

अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक कार्कीले यही असार ३० र ३१ गते जनकल्याण मावि प्राङ्गणमा हुने शैक्षिक मेलामा सहभागी हुन थाहानगरका सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार लगायत सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

एसईई दिएर बसेका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका लागि बिषय छनौट गर्न सहज वातावरण बनाई विद्यार्थी तथा अभिभावकले आफ्नो रुची र क्षमता अनुसारको बिषय छनौट गरि नगर भित्र रहेका विद्यालयमा अध्ययन गर्न मेलाले अभिप्रेरित गर्ने बिद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले बताए ।

शैक्षिक मेलामा एसईई दिएर बसेका विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बिशेष छुट तथा बिज्ञान प्रदर्शनी प्रतियोगिता हुने सहायक प्रधानाध्यापक रायमाझीले जानकारी दिए । । रायमाझीले विज्ञान प्रदर्शनी प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कृत गरिने समेत बताए ।

मेलामा थाहा नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको प्रदर्शनी स्टल समेत रहने, बिद्यार्थीको सीप परीक्षण, निःशुल्क माटो परीक्षण सिविर, प्लान्ट क्लिनिक समेत रहेको आयोजकले जनाएकोछ ।

२०२५ सालमा स्थापना भएको थाहा नगरको अग्रणी शैक्षिक संस्था जनकल्याण माबिमा हाल बिज्ञान, बालीबिज्ञान (कक्षा ९–१२), व्यवस्थापन, शिक्षा, मानविकी र कृषि बिषयको तीन बर्षे स्नातक तहको अध्ययन अध्यापन भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*