झरनाको साहित्य शृङ्खलामा लोक छन्द कार्यशाला

बाइलाइन नेपाल
२७ असार २०७९, सोमबार ०७:०६

हेटौंडा । मकवानपुरको सक्रिय साहित्यिक संस्था झरना साहित्यिक परिवारको २७९ औँ साहित्य शङ्खला लोक छन्द कार्यशाला सञ्चालन गर्दै सम्पन्न भएको छ ।

बकैया गाउपालिकाभित्र रहेका ७ वटा माविरआविहरूका ६० जना भन्दा बढी बालबालिकाहरुलाई लोक छन्द लेखनको प्रशिक्षण गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए ।

प्रशिक्षकको रुपमा झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम र उपाध्यक्ष विश्वनाथ सञ्जेल रहेका थिए ।

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दैदै बकैया गाउँपालिकाले कला, साहित्य र संस्कृतिको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताए । उनले झरना–बकैया वाङ्मय प्रतिष्ठानलाई पालिकाकै अङ्गका रुपमा विकास गर्दै लाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, निवर्तमान अध्यक्ष उद्धव सापकोटा, झरनाका सल्लाहकार जनार्दन खनाल, सीता खनाल, कृष्णप्रसाद घिमिरे,चिरञ्जीवी लामिछाने, कृष्ण घतानी, अमृता लामिछाने, स्वस्तिका दाहाल, हरिप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष दीपक गौतमले गर्नुभएको थियो भने सहजीकरण संस्थाका सचिव मसान उपासकले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*