सन्दीपले लंका प्रिमियर लिग खेल्ने

बाइलाइन नेपाल
२२ असार २०७९, बुधबार ०८:१२

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको टी-२० फ्रेञ्चाइज लिग लंका प्रिमियर लिग (एलपिएल) खेल्ने भएका छन्।मंगलबार भएको ड्राफ्टमार्फत सन्दीपलाई दम्बुला जाइन्ट्सले टिममा आबद्ध गरेको हो।

अन्तर्राष्ट्रिय डाइमन्ड ए श्रेणीमा रहेका सन्दीपलाई ४० हजार अमेरिकी डलरमा जाइन्ट्सले आफ्नो टिममा आबद्ध गरेको हो। एलपिएलको जारी ड्राफ्टमा १८० विदेशी खेलाडी र १७३ श्रीलंकन खेलाडीको नाम समावेश छ।

२०२२ को एलिपएल आगामी जुलाइ ३१ देखि सुरू हुनेछ। प्रतियोगितामा पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।

आइसिसीको स्थायी सदस्य भारत, पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिज, युएईका फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले श्रीलंकाको लिग पहिलो पटक खेल्न लागेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*