स्कटल्याण्ड र नामिबिया सिरिजका लागि नेपाली टोली घोषणा

बाइलाइन नेपाल
१२ असार २०७९, आईतवार ११:५९

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने सिरिज र क्यानडामा हुने दुई एकदिवसीय अभ्यास सिरिजका लागि नेपाल टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

घोषित टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शरार्फ र विनोद भण्डारी छन्।

यसअघि क्यानाडामा नेपाल र घरेलु टोलीबीच हुने भनिएको २ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज नहुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यसअघि जुन २८ र जुन २९ मा नेपाल र क्यानाडाबीच दुई खेलको टी-ट्वान्टी सिरिज हुने तालिका रहेको थियो।

क्यान अनुसार अब नेपाल र क्यानाडाबीच दुई खेलको एकदिवसीय सिरिज हुनेछ।

नेपाल र क्यानाडाबीच जुलाई ४ र जुलाई ५ मा दुई खेलको एकदिवसीय सिरिज हुने तालिका रहेको छ। एकदिवसीय सिरिज अघि नेपाल र क्यानाडाको ओन्टारियो क्लबबीच अभ्यास खेल हुनेछ ।

आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्ड जानुअघि तयारीका लागि नेपाली टिम क्यानाडाको भ्रमणामा जान लागेको हो।

नेपाली टिम जुन २८ मा क्यानाडा पुग्ने तालिका छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*