‘हेटौंडा अस्पतालका डाक्टर निजीमा भेटिए तत्काल निलम्बन’

बाइलाइन नेपाल
७ असार २०७९, मंगलवार १८:२७

हेटौंडा । व्यवस्थित र भरपर्दो स्वास्थ्य सेवाको माग गर्दै नागरिकले हेटौंडा अस्पतालमा धर्नासहित खबरदारी गर्न थालेपछि हेटौंडा अस्पताल व्यवस्थापन समितिले चासो दिएको छ । अस्पतालमा भएको स्रोतसाधन र जनशक्रिलाई सही रुपमा उपयोग नगरेको भन्दै नागरिक तहबाट विरोध हुनथालेपछि व्यवस्थापन समिति र अस्पताल प्रशासनले सुधारको संकेत देखाएको छ ।

अस्पतालले आज पत्रकार सम्मेलन गर्दै हेटौंडा अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारी अस्पताल समयमा निजी अस्पताल तथा क्लिनिकमा फेला परे निलम्बन गर्ने चेतावनी दिएको छ । अस्पतालको समयमा डाक्टरहरु निजी स्वास्थ्य संस्थामा जाने गरेको जनगुनासो बढेपछि हेटौंडा अस्पताल व्यवस्थापन समितिले यस्तो चेतावनी दिएको हो ।

अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईंले पत्रकार सम्मेलनमा सरकारी र व्यवस्थापन समितिको डाक्टर अस्पतालले तोकिएको समयमा निजी अस्पताल तथा क्लिनिकमा भेटेको खण्डमा तत्काल हामी निलम्बन गर्ने जानकारी दिए ।

उनले भने– ‘ हेटौंडा अस्पतालमा कार्यरत डाक्टर अस्पतालले तोकेको समयमा आफ्नो ड्युटीमा हुनुपर्छ । अस्पतालले तोकिएको समयमा निजी अस्पताल तथा क्लिनिकमा उपचारका लागि जान हामीले रोक लगाएका छौं । यदी यस्तो घटना भए हामी डाक्टरलाई निलम्बन गछौं ।’ उनले डाक्टरहरु अस्पतालमा सेवा दिनुपर्ने समयमा निजी स्वास्थ्य संस्थामा फेला परे समितिलाई खबर गर्न नागरिकलाई आग्रह गरेका छन् ।

उनले अस्पतालले कोरोनाको उपचारबापत् ३ करोड र बीमा कार्डबाट उपचार गरिएको रकम ६ करोड रुपैयाँ राज्यसँग लिन बाँकी रहेका कारण आर्थिकरुपमा समस्या परिरहेको बताए । ‘निस्शुल्क औषधि हाम्रो कारण वितरण नभएको होइन । प्रदेश र संघीय सरकारले तोकिएको निस्शुल्क औषधी थोरै पठाउँदा छिट्टै सकिएको हो ।’, उनले भने ।

यस्तै, पत्रकार सम्मेलनमा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड रामचन्द्र सापकोटले पूर्वाधार र दक्ष जनशक्तिको अभावका बीच सेवा प्रदान गर्दा केहि समस्या आएको बताएका छन् । उनका अनुसार हेटौंडा अस्पताल ५० शैयाको मात्र भएका कारण पनि नागरिकको अपेक्षा अनुसारको चिकित्सक र सेवामा समस्या भइरहेको छ । उनले समस्याका बीच पनि भएका त्रुटीलाई हटाउँदै प्रभावकारी सेवा प्रदान गर्ने जनाए ।

मेडिकल सुपरिटेण्डेण्ड सापकोटले अस्पतालको इमर्जेन्सी, टिकट र भिडियो एक्स–रे मा समस्या भएको धेरै गुनासो आइरहेकाले सुधार गर्ने बताए । उनका उनका अनुसार हाल हेटौंडा अस्पतालमा दैनिक ५ सय जनाले सेवा लिइरहेका छन् । बिमारीको चाप अस्पतालमा बढ्दो भएपनि सो अनुसार भवन र शैया उपलब्ध नभएको जानकारी उनले दिए ।

सिमित जनशक्तिबाट पनि डायलायसीस, आईसीयु सेवा पनि सञ्चालन गरिरहेको मेडिकल सुपरिटेण्डेण्ड सापकोटले बताए । उनले अस्पतालको सेवा प्रभावकारी बनाएर राम्रो सेवा दिने चाहना भएपनि भौतिक पूर्वाधार र दक्ष जनशक्तिका कारण समस्या भोग्दै आइरहेको जानकारी दिए ।

यस्तै

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*