जिसस मकवानपुरको प्रमुखमा माओवादी केन्द्रका ललित घलान

बाइलाइन नेपाल
२ असार २०७९, बिहीबार १५:५८

हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार ललितकुमार घलान निर्वाचित भएका छन् ।

उनले १७ मत प्राप्त गर्दै प्रमुखमा निर्वाचित भएका हुन् । त्यस्तै नेकपा एमालेबाट प्रमुखको उम्मेदवार बनेका बुद्धिराम डिम्डुङले ३ मत प्राप्त गरेका छन् ।

जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । महिला सदस्यमा तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरु नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, सदस्य तर्फमा खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र वीरेन्द्रकुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । नेकपा (एस) बाट उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुईटेल निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*