मनाङलाई पाखा लगाउँदै पुलिस अन्तिम चारमा

बाइलाइन नेपाल
२५ जेष्ठ २०७९, बुधबार ०८:१०

नेपाल पुलिस क्लब हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिसको जीतमा एकमात्र निर्णायक गोल भरत शाहले गरेको थिए । उनले खेलको ३४ औं मिनेटमा गोल गरेका थिए ।

मनाङ मस्र्याङदीले खेलको ४१ औं मिनेटमा प्राप्त पेनाल्टी गोल गर्न सकेन । पुलिसका गोलरक्षक शत्रुधन चौधरीले मनाङका कप्तान अञ्जन विष्टले गरेको प्रहार बचाएका थिए । पुलिसले फाइनल प्रवेशका लागि विजय युथ क्लब हेटौंडा र नवजनजागृति युवा क्बल सिमरावीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिसका खेलाडी हेम तामाङले खेलको अन्तिम समयमा रातो कार्ड पाएका थिए । रेफ्रिको निर्णयप्रति असहमति जनाएपछि प्रशिक्षक अनन्तराज थापा र बेञ्चमा रहेका खेलाडी हेमन्त श्रेष्ठलाई पनि दोहोरो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर निकालिएको थियो ।

जेठ ३० गतेसम्म सञ्चालन हुने चौथो संस्करण यस प्रतियोगिताको विजेताले नगद १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*