संघले हेटौंडामा गर्यो पत्रकार र कलाकर्मीलाई सम्मान

बाइलाइन नेपाल
२२ जेष्ठ २०७९, आईतवार १८:३२

हेटौंडामा चलचित्र क्षेत्रमा क्रियाशील कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

चलचित्र पत्रकारिता दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चार जना पत्रकार र तीन जना चलचित्रकर्मीलाई सम्मान तथा पुरस्कृत गरेको छ । बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यतामा उक्त पुरस्कार तथा सम्मान वितरण गरिएको थियो ।

संघले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट विदुर गिरी, चलचित्र पत्रकारिता पुरस्कार २०७७ राममणि दाहाल र चलचित्र कलाकर्मी सम्मान २०७७ बाट प्रेम भोम्जन(पुष्कर लामा)लाई सम्मान तथा पुरस्कृत गरिएको थियो । गिरीलाई १० हजार र दाहाललाई पाँच हजार नगद राशी सहित पुरस्कृत गरिएको हो । कोभिडका कारण उक्त पुरस्कारहरु प्रदान गरिएको थिएन ।

त्यस्तै, चलचित्र पत्रकारिता पुरस्कार २०७८बाट दीपक अधिकारीलाई पुरस्कृत गरिएको छ । चलचत्रि कलाकर्मी सम्मान २०७८ बाट अभिनेता राज कटुवाललाई सम्मान गरिएको छ । चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट भने दीपज्योति थापा र चलचित्र कलाकर्मी सम्मान २०७९बाट चलचित्र लेखक तथा निर्देशक शिवम अधिकारीलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा संघका अध्यक्ष मणिराज गौतमलाई नेपाल पत्रकार महासंघ मकवानपुरको नेतृत्व गरेको र संघलाई यहाँसम्म ल्याइपुग्न गर्नुभएको योगदान स्वरुप आभार पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले घुमफिर वर्ष २०७९ मनाउने घोषणा गरिए लगत्तै चलचित्र क्षेत्रको माध्यमबाट पर्यटन विकास विकास हुने बताए । उनले प्रदेश सरकारले नयाँ पर्यटन स्थलको खोजी कार्यभइरहेकाले उक्त स्थल चलचित्र छायाँकनको लागि पनि उपयुक्त रहने बताए ।

आफुले चलचित्र सँग जोडिएका विषयवस्तुलाई नीति तथा कार्यक्रममा समावेश गरेको र बजेट विनियोजन गरी कार्यान्वयन गर्नेतर्फ आफु रहेको बताए । कला संस्कृति, पर्यटन, साहित्यका क्षेत्रमा प्रदेश सरकार सधैं साथमा रहने बताएका छन् ।

संघले हरेक वर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा पुरस्कार तथा सम्मान कार्यक्रम गर्दै आइरहेको र यस वर्ष जेष्ठ ७ गते स्थानीय तह निर्वाचनको मतगणनाको कारण आइतबार कार्यक्रम गरिएको संघका सचिव श्रीराम अर्जुनले बताए ।

संघको कार्यबहाक अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, जिल्ला शाखा अध्यक्ष मणिराज गौतम, चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय उपाध्यक्ष दीपज्योती थापा, केन्द्रीय पूर्व अध्यक्ष विदुर गिरी, चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, ब्रोकास्टिङ एशोसिएसन अफ नेपालका उपाध्यक्ष उज्जवल चौलागाई, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, अभिनेता राज कटुवाल, चलचित्र लेखक तथा निर्देशक शिवम् अधिकारी, एनएस सिनेमाका प्रवन्धक नवराज आचार्य, हेटौंडेली कलाकार शुसान्त कुमार श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*