वाग्मती प्रदेश सभामा पाँच अध्यादेश पेस

बाइलाइन नेपाल
१४ जेष्ठ २०७९, शनिबार ०९:०९

वाग्मती प्रदेशसभा बैठकमा ५ वटा अध्यादेश पेस भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको वर्षे अधिवेशनको पहिलो बैठकमा सरकारले अध्यादेश पेस गरेको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा तय भएको कार्यसूची अनुसार प्रदेश सभामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गरेका छन् ।

यस्तै युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद्‍ ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्ने भएका छन् । प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा ९गठन तथा सञ्चालन० अध्यादेश २०७८ मुख्यमन्त्री राजेन्द्र पाण्डेले पेस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*