थाहाको कार्यपालिकामा माओवादीको स्पष्ट बहुमत

बाइलाइन नेपाल
१० जेष्ठ २०७९, मंगलवार १७:००

थाहा नगर । थाहा नगरपालिका नगरकार्यपालिका सदस्यको लागि मंगलबार भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारहरु विजयी भएका छन् ।

कार्यपालिका महिला सदस्य ५ जनाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका ५ जना उम्मेद्वार निर्वाचित भएका छन् । माओवादीका तर्फबाट रितु कार्कीले ३३ मत, अञ्जु श्रेष्ठले ३३ मत, अनिता बलले ३३ मत, चन्द्रमाया थिङले ३३ मत र पवित्रा कार्की ठकुरीले ३१ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

त्यस्तै नेकपा एमालेका उर्मिला कामीले १८ मत, सानुमैंया बिश्वकर्माले १८ मत, शर्मिला बस्नेतले २० मत, बिमला पाख्रिनले १८ मत, कान्छीमाया वाईवाले १८ मत प्राप्त गरेका थिए ।

आजै भएका दलित तथा अल्पसंख्यक ३ जना सदस्यको निर्वाचनमा नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजवादीका १ जना निर्वाचित भएका छन् । माओवादीका तर्फबाट रामप्रसाद बिश्वकर्मले ३४ मत, राम दर्जीले ३४ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीका जनक बहादुर कामीले २९ मत प्राप्त गरेका थिए ।
साथै एमालेका अशोक खाती चनाराले २२ मत प्राप्त गरेका थिए ।

कार्यपालिका महिला सदस्य र दलितरअल्पसंख्यक कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेद्वारी दिएको थिएन । भने मतदान प्रक्रियामा समेत सहभागी भएको थिएन ।

अब थाहा नगरपालिका नगर कार्यपालिकामा नेकपा माओबादी केन्द्रबाट १४ जना, नेपाली काङ्ग्रेसबाट ४ जना, नेकपा एमालेबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट १ जनाको प्रतिनिधित्व रहनेछ ।

कार्यपालिका निर्वाचनमा निर्वाचित सबैलाई नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोदकुमार लामाले बधाई दिएका छन् । लामाले कार्यपालिकामा आफ्नो पार्टीको स्पष्ट बहुमत भए पनि सबै दलको भावनाको सम्मान गरिने र नीति तथा कार्यक्रमहरुमा उचित स्थान दिई सहकार्यको संस्कृति कायम राख्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*