मकवानपुरमा एमालेले गुमायो ४ पालिका,दुई पालिकामा सिमित

बाइलाइन नेपाल
७ जेष्ठ २०७९, शनिबार १३:०३

हेटौंडा । नेकपा एमालेले मकवानपुरमा दुई वटामात्र पालिकामा जित हात पारेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ६ वटा पालिका जितेको एमाले अहिले दुई वटामा खुम्चिन पुगेको हो ।

अघिल्लो निर्वाचनमा जितेका पालिकामा एमालेले यसपालि पराजय व्यहोरेको छ। एमालेले ३० वर्षदेखि एकछत्र राज गर्दै आएको हेटौंडा उपमहानगरपालिकासहित ४ पालिका गुमाएको हो ।

पाँच वर्षअघि एमालेले १० पालिका रहेको मकवानपुरका हेटौडा उपमहानगरपालिकासहित, ईन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र मनहरी गाउँपालिकामा विजय हासिल गरेको थियो।

यसपटक एमालेले भीमफेदी र ईन्द्रसरोवर गाँउपालिकामा मात्रै जितेको छ। अघिल्लो निर्वाचनमा एमालेले जितेको पालिकामा अध्यक्षमात्र होइन उपाध्यक्ष पनि जितेको थियो । यस वर्ष जितेको ईन्द्रसरोवरमा अध्यक्ष उपाध्यक्ष जितेपनि भीमफेदीमा अध्यक्ष मात्रै जितेको छ ।

यसपटक सत्ता गठबन्धनले मकवानपुरका सबै पालिकाको अध्यक्ष र उपाध्यक्षमा साझा उम्मेदवार उठाएको थियो। पार्टी विभाजन र गठबन्धनका कारण एमालेले लालकिल्ला भन्दै आएको मकवानपुरमा नमिठो हाव्र्योनु परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*