मकवानपुरको बागमतीमा माओवादीका सर्केशको फेरि इन्ट्री
हेटौंडा । मकवानपुरका पूर्वीगाउँपालिका बागतीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान (मधु) प्रमुखमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपप्रमुखमा निर्वाचित भएका हुन् ।
सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गरेका थिए । पराजित खेमले ६ हजार १६६ मत प्राप्त गरेका थिए । सर्केश यसअघि पनि पालिकाको अध्यक्ष थिए ।
उपाध्यक्षमा विजयी भएका फणिन्द्रले ७ हजार ९३५ मत प्राप्त गरेका थिए । उपमेयरमा पराजित नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी थिइन् ।
बागतीमा माओवादीले ५ वटा, एमालेले ३ वटा र कांग्रेसले एउटा वडामा विजयी हात पारेको थियो । मतगणनाको क्रममा विवादहुँदा दोहोर्याएर एउटा वडाको मतगणना गर्नुपर्दा ढिलो नतिजा सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना आएको निर्वाचन अधिकृत हरि उपाध्यायले जानकारी दिए ।

बाइलाइन नेपाल











