हेटौँडा ८ का निवर्तमान वडा अध्यक्ष गोपाल श्रेष्ठ वडा सदस्यमा पराजित
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–८ का निवर्तमान वडा अध्यक्ष गोपाल श्रेष्ठ वडा सदस्यमा पराजित भएका छन् । वडा अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका श्रेष्ठ पराजित भएका छन् ।
नेकपा एमाले मकवानपुर सचिवालय सदस्य समेत रहे श्रेष्ठ यसपटक जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्ष बन्न वडा सदस्यमा उम्मेदवारी दिएका थिए तर पराजित भए ।
उनलई गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का गोरख रायले पराजित गरेका हुन् । रायले २ हजार १ सय २० मत पाउँदा श्रेष्ठले १ हजार ९ सय ४१ मत प्राप्त गरे ।
राय नेकपा एमाले मकवानपुरका पुराना नेता थिए पार्टी विभाजनपछि उनि समाजवादीमा लागेका थिए ।
यस्तै, हेटौंडा उपमहानगरपालिका–८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामकृष्ण थापा विजयी भएका छन् । उनले नेकपा एमालेका बोल बहादुर कार्कीलाई पछि पार्दै जित हासिल गरेका हुन् । थापाले २२१३ मत प्राप्त गरेका छन् भने कार्कीले १९६८ मत प्राप्त गरेका छन् । कांग्रेसका थापाले एमालेका कार्कीलाई २४५ मतान्तरले पराजित गरेका हुन् ।

बाइलाइन नेपाल











