थाहामा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान

बाइलाइन नेपाल
५ जेष्ठ २०७९, बिहीबार १४:५३

थाहा । वैशाख ३० गते भएको स्थानीय निर्वाचन अन्तर्गत थाहा नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख सहित १२ वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय निर्वाचन कार्यालयले बिहीबार एक कार्यक्रम आयोजना गरि प्रमाणपत्र प्रदान गरेको छ।

स्थानीय निर्वाचन अधिकृत तिर्थराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरभित्र निर्वाचनमा भाग लिएका राजनीतिक दलका प्रतिनिधिहरु, प्रमुखका प्रत्यासी अच्युतमप्रसाद ढकाल, कार्यवाहक प्रमुख खड्गबहादुर गोपाली, निबर्तमान प्रमुख लबशेर बिष्ट, प्रमुख प्रसासकिय अधिकृत हरिलाल पुरी लगायतका उपस्थिति रहेको थियो।

समारोहमा नवनिर्वाचित थाहा नगरका प्रमुख बिष्णु बहादुर बिष्टले थाहा नगरमा रहेका सबै दलसंग सहकार्य गरेर नगरको बिकासमा हातेमालो गर्दै अगाडि बढ्ने आफ्नो प्रतिबद्धता गरे । बिष्टले थाहा नगरमा शान्तिपुर्ण तवरले निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगप्रति आभार ब्यक्त गरेका छन् ।

साथै स्थानिय निर्वाचन अधिकृत तिर्थराज भट्टराईले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिदै शान्तिपुर्ण निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनितिक दल, स्थानीय सरकार, मतदाता र स्थानीय नागरिकहरुलाई धन्यवाद ब्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*