भरतपुरमा रेनुलाई ३ हजार मतको अग्रता

बाइलाइन नेपाल
५ जेष्ठ २०७९, बिहीबार ०८:१६

भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

हालसम्म गणना भएको ३८ हजार ८ सय ६४ मतमध्ये रेनुले १४ हजार ७ सय ६६ मतसहित अग्रता कायमै राखेकी छन्। उनलाई एमाले गठबन्धनका विजय सुवेदीले ११ हजार ७ सय ६५ मत ल्याएर पछ्याइरेहका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६०९० मत पाएका छन्।

यस्तै उपिमेयरतर्फ गठबन्धनका साझा उम्मेदवार चित्रशेन अधिकारीले १७ हजार ९६ मतसहित अग्रता बढाउँदै लगेका छन्। उनलाई राप्रपाका हिमला गुरूङले ले ९५०१ मत ल्याएर पछ्याइरहेकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*