मनहरीको अध्यक्षमा काँग्रेसका रञ्जन र उपाध्यक्षमा माओवादी केन्द्रकी सिता विजयी

बाइलाइन नेपाल
५ जेष्ठ २०७९, बिहीबार ०७:४६

हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

अन्तिम मतगणना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धन नेतृत्व नेपाली कांगेसका रञ्जन कालाखेती र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार सिता पुलामी मगर निर्वाचित भएका हुन्।

कालाखेतीले ९३६६ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४९७० प्राप्त गर्दै पराजित हुन पुगे।

त्यसैगरी उपाध्यक्षमा गठबन्धन तर्फका नेकपा माओवादीकी उम्मेदवार सिता पुलामी मगरले ६४७० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुजिता थिङ ५४५४ मत ल्याएकी छिन्।अध्यक्षका उम्मेदवार कालाखेतीले ४३९६ मतान्तर र उपाध्यक्षका उम्मेदवार पुलामीले १०१६ मतान्तरले विजयी भएका हुन।

कांग्रेस र माओवादी केन्द्रले क्रमश मनहरीको ६ वटा वडामा जित हासिल गरेको छ भने माओवादी केन्द्र ३ वडामा विजयी हुँदा नेकपा एमाले भने आफ्नो लालकिल्ला मान्दै आएको गाउँपालिकाको सबै वडामा पराजित हुँँदै ९ नम्बर वडाको सदस्य पदमा मात्र सीमित रहन पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*