मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धन विजयी

बाइलाइन नेपाल
२ जेष्ठ २०७९, सोमबार ११:५७

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गठबन्धनका तर्फबाट पालिका अध्यक्षमा लोकबहादुर मुक्तान र उपाध्यक्षमा बालकुमार मल्ल बिजयी भएका हुन् ।

कैलाशमा एमालेका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार पराजित भएका छन् । आज सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार मुक्तान र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट बालकुमार मल्ल विजयी भएका हुन् ।

मकवानपुरको तीन वटठा गाउँपालिकाको मतपरिणाम सार्वजनिक हुँदा दुइवटामा नेकपा एमाले र एउटामा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । यसअघि जिल्लाको इन्द्रसरोवर र भीमफेदी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा विजयी मुक्तानले ४ हजार ८ सय ९७ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नरेन्द्रलाल रिजालले ४ हजार ९३ मत पाए । यस्तै उपाध्यक्षमा विजयी मल्लले ४ हजार ८८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी सुकुमाया थिङले ३ हजार ९ सय ३७ मत पाइन् ।

यसअघि मकवानपुरका दुईवटा पालिकाको नतीजा सार्वजनिक भइसकेको छ । ईन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी र उमा दाहाल अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै भीमफेदी गाउँपालिकामा नेकपा एमालेका हिदम लामा र नेपाली कांग्रेसका सन्जीव श्रेष्ठ अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*