मनहरी ४ मा माओवादीका थापा निर्वाचित

मनहरी गाउँपालिका वडा नम्वर ४ को कुल १ हजार ५ सय ९३ अन्तिम मत परिणाम आउँदा वडाध्यक्षमा माओवादी केन्द्रका प्रकाश थापा विजयी भएका छन् । थापाले ५ सय ४१ मत ल्याएका हुन् ।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय ८२ मत, एमालेले ३ सय ६२ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ३३ मत ल्याएका थिए ।
त्यस्तै, पालिकातर्फ गठबन्धनका उम्मेदवारहरुले नै अग्रता कायमै राखेका छन् । गठबन्धनका रन्जन कालाखेतीले ६ सय ४ मत प्राप्त प्राप्त गर्दा उपाध्यक्षकी रेखा मगरले ४ सय ९९ मत प्राप्त गरिन् ।
एमालेका अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले ३ सय ७९ मत, उपाध्यक्षकी उम्मेदवार सन्तु थिङ्ले ३ सय ५१ मत प्राप्त गरेकी छिन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवारले ५७ मत, र उपाध्यक्षको उम्मेदवारले २ सय ६० मत प्राप्त गरेका छन् ।